Quantcast
Channel: संक्रमित – Health Post Nepal
Viewing all articles
Browse latest Browse all 5

दाङमा सोमबार ४४ जनामा कोरोना संक्रमण पुष्टि

$
0
0

दाङमा थप ४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको कोरोना परीक्षणका क्रममा सोमबार दाङमा ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

संक्रमित घोराही उपमहानगरपालिका १९ जना, शान्तिनगर गाउँपालिकाका १७ जना र बबई गाउँपालिका ८ जना रहेका छन्।

घोराही उपमहानगरपालिका–१० नारायणपुर क्षेत्रबाट स्वाब संकलन गरिएको ६४ जनामा मध्य १५ जनामा कोरोना संक्रमण पुष्टि भएको घोराही उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख नारायण घर्तिले जानकारी दिएका छन्।

उनका अनुसार अन्य चार जना राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको फिवर क्लिनिकबाट स्वास परीक्षण गर्दा कोरोना संक्रमण देखिएको हो।

यसअघि नारायणपुर क्षेत्रमा संक्रमितहरु देखिएका व्यक्तिहरुको कन्ट्रयाक ट्रेसिङका आधारमा स्वाव संकलन गरेर परीक्षण गर्दा संक्रमण देखिएकाहरु रहेका उनले बताएका छन्।

शान्तिनगर गाउँपालिकामा ९३ जनाको स्वाव परीक्षणका क्रममा १७ जना र बबई गाउँपालिकामा २० जनाको स्वाव परीक्षण गर्दा ८ जनामा कोरोना संक्रमण देएिको हो।

त्यसैगरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको फिवर क्लिनिकबाट १५ जनाको स्वाव परिक्षण गर्दा ६ जनामा कोरोना संक्रमण देखिएको हो । योसँगै दाङमा कोरोना संक्रमितको संख्या ९ सय १९ जना पुगेको छ।


Viewing all articles
Browse latest Browse all 5

Latest Images

Trending Articles





Latest Images